राजनीति


कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौं

कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौं

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १४:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ।

शुक्रबार चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बनाउने चाहानालाई स्वागत गर्ने उल्लेख गरिएको छ। 

‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ,’ अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन। अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौं। तर, यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ। पार्टी बनाउने चाहानालाई स्वागत छ। तर, ‘कब्जा’गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौं नै।’

प्रतिवेदनमा उल्लेख यो भनाइ विशेषगरि कुलमान घिसिङप्रति लक्षित देखिन्छ। नयाँ दल घोषणाको तयारीमा रहेका उनले रास्वपा कार्यकारी सभापतिको माग गरेका थिए। तर, उक्त सर्तले रास्वपासँगको उनको सहकार्यको सम्भावना लगभग सकिएको छ। 

त्यस्तै प्रतिवेदनमा पूराना तीन दलको बर्चश्व चोड्न वैकल्पिक राजनीतिक शक्तिहरुबीचको सहकार्य आवश्यक हुने भन्दै रास्वापले त्यसको नेतृत्व लिने उल्लेख गरिएको छ। 

आगामी सहकार्यबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रतिवेदनमा भनिएको छ:

–रास्वपाले समान विचार र कार्यशैली भएकाहरूसँग हातेमालो गर्नुपर्छ। र, उनीहरूसँग सहकार्यको आधार र विश्वासको वातावरण पनि बनाउनुपर्छ।

–व्यक्तिगत अहं र सानातिना मतभेदलाई छाडेर, वृहत् राष्ट्रिय हित र परिवर्तनको एजेण्डामा आधारित भएर एकता, मोर्चाबन्दी वा सहकार्यका लागि खुला हुनुपर्छ।

–संभव हुनेसँग एकता गर्ने, नहुनेसँग मोर्चावन्दी र त्यो पनि नहुनेसँग सीमित मुद्दामा तत्कालीन सहकार्य गर्ने नीति अबलम्वन गर्नुपर्छ। यसले वैकल्पिक शक्ति निर्माणको आधार बनाउँदै लैजान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad