राजनीति


कुलमान-सुमना-सुदन छलफलमा, दल दर्ताका लागि आयोग जाने तयारी

कुलमान-सुमना-सुदन छलफलमा, दल दर्ताका लागि आयोग जाने तयारी

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १३:३७, काठमाडौँ

ऊर्जामन्त्री कुलमान घिसिङले सुमना श्रेष्ठ र जेनजी प्रतिनिधि भनेर चिनिएका हामी नेपाल अभियानका संयोजक सुदन गुरुङसँग छलफल गरेका छन्। मंगलबार बिहान उनले आफ्नै निवासमा उनीहरूसँग छलफल गरेका हुन्। 

घिसिङकै नेतृत्वमा नयाँ दल गठनको लागि श्रेष्ठ लामो समयदेखि सक्रिय भएकी थिइन्। तर, मन्त्री पदमा रहेकाले घिसिङले तत्काल आफ्नो नेतृत्वमा दल  दर्ता नगरी फागुन २१ गतेका लागि तय भएको चुनावकै छेकोमा मात्र दलमा सहभागी हुने बताएका थिए।

सोही अनुसार उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा दल दर्ताका लागि आयोगमा निवेदन दिन तयारी गरेका थिए। तर, घिसिङको नेतृत्वमा दल दर्ता नहुने हो भने सामूहिक नेतृत्व हुनेगरी दल दर्ता गर्न श्रेष्ठले सुझाव दिएकी थिइन्।

उनको सुझाव कार्यान्वयन गर्न छलफलमा रहेकाहरू तयार नभएपछि सोमबार विहान उनले घिसिङलाई शुभकामना दिँदै दल दर्तामा सहभागी नहुने बताएकी थिएन्।

यसपछि घिसिङले श्रेष्ठसँग छलफल गरेको उनी निकट जीतराम वाइवाले जानकारी दिए। ‘आज विहान सुमना जी, सुदनजी लगायतसँग मन्त्रीज्यूको छलफल भएको छ,’ उनले भने, ‘दल दर्ता गर्न उहाँ आफैँ जाने कि भन्ने छ तर, राजीनामा दिएर जाने कि नदिएर भन्ने निश्चित भइसकेको छैन।’

यदि घिसिङ स्वयं आयोग गएर दल दर्ता गराउने अवस्था बने श्रेष्ठ र गुरुङ लगायत सबै आउने उनले बताए। सोमबार दिनभरसम्म पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर उज्यालो नेपाल नाम दर्ता गर्ने तयारी थियो।

तर, त्यसमा सुमना श्रेष्ठले सहमति जनाएकी थिइनन। उनले शुभकाना दिँदै प्रक्रियाबाट बाहिरिएपछि घिसिङले बोलाएर छलफल गरेका हुन्। सुदनले भने नयाँ दलमा राख्ने आफ्ना ६ जना प्रतिनिधिको नाम दिइसकेका छन्।

निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय-सीमा तोके छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad