राजनीति


माओवादी केन्द्रको रामप्रसाद राई गाउँ पार्टी कमिटीले जनायो पार्टी एकताप्रति असहमति

माओवादी केन्द्रको रामप्रसाद राई गाउँ पार्टी कमिटीले जनायो पार्टी एकताप्रति असहमति

अध्यक्ष सुरेशचन्द्र राई


नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १८:८, भोजपुर

नेकपा (माओवादी केन्द्र) को रामप्रसाद राई गाउँ पार्टी कमिटी, भोजपुरले हालसालै गरिएको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएको छ।

गाउँ पार्टी कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बदलिएको परिस्थितिमा आन्तरिक पार्टीलाई रूपान्तरण सहित एकताबद्ध बनाउनु पर्ने थियो, तर पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी एकताप्रक्रिया अघि बढाइएको छ।’

विज्ञप्तिमा जनतामाझ पार्टीको छवि कमजोर पार्ने गरी गरिएको हठात एकता कदमले कार्यकर्तामाझ निराशा बढाएको उल्लेख गरिएको छ । कमिटीले सो एकतालाई जनता र कार्यकर्ताको भावना विपरीतको निर्णय भन्दै त्यसप्रति गम्भीर असहमति प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो प्रकारले गरिएको एकताप्रति हाम्रो गाउँ पार्टीको गम्भीर असहमति रहेको स्पष्ट गर्दछौं।’

संयुक्त विज्ञप्तिमा अध्यक्ष सुरेशचन्द्र राई, उपाध्यक्ष अमर राई, सचिव सोमकुमार राई, सह-सचिव विनोद नगर र कोषाध्यक्ष रमेश सुनारको हस्ताक्षर रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad