राजनीति


रेशम चौधरीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

रेशम चौधरीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १२:५९, काठमाडौँ

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

बुधवार मध्याह्न निर्वाचन आयोगले उन्मुक्ति पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक चौधरी र अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। 

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। गत निर्वाचनमा उन्मुक्ति पार्टीले चार सीट जितेको थियो। 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन्। पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान छन्। 

दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरूले नयाँ राजनीतिक दल दर्ता गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad