नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी केपी ओलीकै कारण धाराशाही भएको आरोप लगाएका छन्। नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि सभालाई सम्बोधन गर्दै रावलले यस्तो आरोप लगाएका हुन्।
'तपाईंहरू सोध्नुहोला- कम्युनिस्ट पार्टी त बनाएकै थियौ। केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो,' उनले भने, 'मलाई पनि लागेको थियो- अब देश समृद्धितिर जानेछ। हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन्। सर्वोच्चले भन्यो- संविधानविरीत भयो। मैले सुनेको त्यतिबेला प्रधान्यायाधीश उहाँकै निकट नै हुनुहुन्थ्यो रे।'
उनले सर्वोच्चको आदेश नमानेर फेरि संसद् विघटन भएको घटनाबारे रावलले थपे, 'उहाँले फेरि विघटन गर्नुभयो। यस हिसाबले बस्तु र तथ्यलाई मान्यौँ भने केपी ओलीभन्दा गद्दारी अरु कोही हुन्छ? नेकपालाई केपी ओली भन्ने झापा निवासीले धारासाही पारिदिए।'
उनले कम्युनिस्ट आन्दोलन बलियो बनाउन एमालेमा भएकाहरूलाई पनि नेपाली कम्युनिस्ट पार्टीमा एक बनाएर अघि बढ्ने पनि बताए।
त्यस्तै उनले आफू नेतृत्वको मातृभूमि जागरण अभियानलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेको घोषणा पनि गरे।
भदौ २३ अघि त्रिभुवन विमानस्थलमा शक्तिशाली देशको जहाज ल्यान्ड भएको थियो: भीम रावल
Shares

प्रतिक्रिया