जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि जेनजीका माग पूरा नगरेको आरोप लगाएका छन्।
बिहीबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले आफूहरू ०८४ सालको निर्वाचन ०८२ मा सार्नका लागि मात्र नलडेको बताए।
‘हामी चुनावमा जाँदैनौं, हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेका होइनौं,’ गुुरुङले भने, ‘यति धेरै मान्छे घाइते, सहिद भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो। अहिले आएर चुनावमा जान्छौं भन्ने मात्र गर्नुहुन्छ। घाइते र सहिदका माग सम्बोधन नगरी हामी चुनावमा जाँदैनौं।’
गुरुङले सरकार चुनावलाई मात्रै लक्ष्य बनाएर अघि बढिरहेको आरोप लगाउँदै न्याय प्राप्त नभएसम्म आन्दोलन जारी रहने स्पष्ट सन्देश दिएका छन्।
60
Shares

प्रतिक्रिया