राजनीति


यी हुन् नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनमा आयोगमा पठाएको थप १३ महिला स्थायी समिति सदस्य (सूचीसहित)

यी हुन् नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनमा आयोगमा पठाएको थप १३ महिला स्थायी समिति सदस्य (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १२:४३, काठमाडौँ

एक सताअघि मात्रै गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको स्थायी समिति सदस्यहरुको सूचीमा थपिएका १३ जना महिला सदस्यहरुको विषयमा विवाद सिर्जना भएको छ। 

कतिपयले सामाजिक सञ्जालमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई पनि त्यो सूचीमा राखिएको भन्दै आलोचना गरेपछि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ। 

प्रचण्डको सचिवालयले शुक्रबार बिहान सूचना जारी गर्दै कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना केन्द्रीय सदस्यको नाम पनि निर्वाचन आयोगमा बुझाइएको जनाएको छ। 

यो सूची निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि मात्रै भएको प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले बताए।

‘निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो,’ प्रचण्डको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको हो। यो कुनै अलग संरचना होइन। बिधान बमोजिम संरचना बनाउन बाँकी छ।यसैले आयोगमा पेश गरिएको सूचीबारेका कुनै पनि भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा हार्दिक अनुरोध छ।’

उनले यो स्थायी समिति सदस्यको सूची भन्दा पनि निर्वाचन आयोगमा पार्टीले बुझाएको स्थायी समिति सदस्यको विवरणमा ३३ प्रतिशत महिला नपुगेपछि संख्या पुर्याउन थप गरिएको विववरण मात्रै भएको बताएका छन्। 

यी हुन् स्थायी समिति सदस्यमा थप गरिएका महिला

धर्मशीला चापागाई – कोसी प्रदेश

बोधमाया कुमारी यादव र सीता पोखरेल – मधेस प्रदेश

रेणु दाहाल, कल्पना धमला र विमला सुवेदी – बागमती प्रदेश

सुशिला सिंखडा – गण्डकी प्रदेश

दामाकुमारी शर्मा र ताराकुमारी घर्ती – लुम्बिनी प्रदेश

पुष्पा घर्ती विष्ट – कर्णाली प्रदेश

रुपा (सोशी) चौधरी, रेणु चन्द र विना मगर – सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad