नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १२ कम्युनिस्ट घटकबीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ।
पार्टीले आज आइतबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको हो।
सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनको प्रयोजनार्थ यही कात्तिक ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने सूचना आयोगले जारी गरेको थियो।
आज आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेकपाका नेताहरू राजेन्द्र पाण्डेलगायतलाई हस्तान्तरण गरेका हुन्।
243
Shares

प्रतिक्रिया