राजनीति


जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन

जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन

नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:५९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो। जसले गर्दा आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको थियो। 

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मंसिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेशी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मंसिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेशी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,’ सर्वोच्चको पूर्ण बैठकले भनेको थियो, ‘अन्य पेशी नचढेका मुद्दाहरूको कानूनबमोजिम अङ्ग पुर्‌याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‌याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ। जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिल समेत जलेका थिए। अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ भएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad