राजनीति


एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन तर नहुने निर्वाचनमा समय खेर फाल्दैन : पोखरेल

एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन तर नहुने निर्वाचनमा समय खेर फाल्दैन : पोखरेल

नेपालखबर
मंसिर १, २०८२ सोमबार १८:३६, रुपन्देही

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कहिल्यै पनि निर्वाचनबाट भाग्ने दल नभए पनि नहुने चुनाव को पक्षमा प्रचार गरेर समय खर्च नगर्ने बताएका छन्। 

सोमबार रुपन्देहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान अन्तरिम सरकार चुनाव गराउने उद्देश्यले नबनेको आरोप लगाए।

पोखरेलका अनुसार सरकारका गतिविधि निर्वाचनअनुकूल नभएकाले निर्वाचन आयोग सक्रिय भएर मात्र चुनाव हुन नसक्ने अवस्था बनेको छ। ‘निर्वाचन आयोगले तयारी तिव्र पारे पनि सरकार निर्वाचनतर्फ उन्मुख छैन,’ उनले भने।

पोखरेलले केही दलका नेताहरू जनआक्रोश, विशेषगरी जेनजी आन्दोलन नबढोस् भनेर मात्रै ‘चुनाव हुन्छ’ भन्ने नारामा सीमित रहेको टिप्पणी गरे।

उनका शब्दमा, ‘एमाले कसैसँग डराउँदैन। हामी जनतामाझ छौं, सडकमा छौं। स्पष्ट एजेन्डासहित अघि बढेको एक मात्र पार्टी एमाले हो।’

उनीले एमाले प्रतिस्पर्धाबाट नभाग्ने, जनतासँगै रहेर राजनीतिक एजेन्डा अघि बढाउने धारणा दोहोर्याउँदै अन्तरिम सरकारको निष्क्रियताका कारण चुनावको सम्भावना कमजोर रहेको निष्कर्ष प्रस्तुत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad