राजनीति


अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि चीन रुष्ट

अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि चीन रुष्ट

नेपालखबर
असार २४, २०७६ मंगलबार ७:३४,

डोनाल्ड ट्रम्पको सरकारले ताइवानलाई हतियार बेच्ने विषय अनुमोदन गरिसकेको बीबीसीले जनाएको छ।

सहमति अुनसार अमेरिकाले ताइवानलाई १०८ अबराम्स ट्यांक, २५० स्टिन्जर क्षेप्यास्त्र लगायत अत्याधुनिक हतियार बेच्नेछ।

अमेरिकाले ताइवानलाई बेच्ने भनेको ट्यांक हतियार २ अर्ब अमेरिकी डलरका छन्। यस्तै क्षेप्यास्त्र २२३ मिलियन अमेरिकी डलरका छन्।

ताइवानले हतियार बेच्न आग्रह गरेपछि अमेरिकाले उसलाई हतियार बेच्ने सहमति जनाएको हो।

ताइवानकी राष्ट्रपति साइ इङ–वेनले गत मार्च महिनामा आफूले ताइवानको भूमि तथा हवाइ रक्षा क्षमता बढाउने लक्ष्यका अमेरिकासँग हतियारको माग गरेको बताएकी थिइन्।

जवाफमा चिनियाँ रक्षामन्त्रालयले भनेको थियो,‘हामी अमेरिकाले ताइवानलाई हतियार बेच्ने विषय र अमेरिकी सेना ताइवानको सम्पर्कमा हुने विषयको विरोध गर्दछौं।’

Image result for usa tank in war

त्यसबेला चीनले अमेरिकाले ताइवानलाई हतियार बेच्न रोक्नुपर्ने बताएको थियो। यो अमेरिका र ताइवानका लागि गम्भीर र हानिकारक कार्य भएको चीनको भनाइ थियो।

अमेरिकाले ताइवानलाई ताइवान सम्बन्ध ऐन अन्तर्गत हतियार उपलब्ध गराउने गर्दछ। चीनले सुरुवातदेखि यसको विरोध गर्दै आएको छ।

चीनले ताइवानलाई आफ्नो प्रान्तको रुपमा हेर्ने गर्दछ। चीनले ताइवान आफूसँग समाहित हुनु पर्ने बताउँदै आएको छ। आफूले आवश्यक परेको खण्डमा बलसमेत प्रयोग गर्ने चीनको भनाइ छ।

चीनले अमेरिकाको वान चाइना पोलिसी मान्न आग्रह गर्दै आएको छ। चीनले ताइवानसँगको अमेरिकी सम्बन्धलाई वैधानिकता दिएको छैन। चीन आफू र अमेरिकाबीच मात्र सम्बन्ध भएको स्वीकार गर्दछ।

हतियार पाउने भएपछि ताइवानले अमेरिकासँग कृतज्ञता प्रकट गरेको छ। चीन भने रुष्ट बनेको छ।

हाल चीन र अमेरिका व्यापार युद्धमा होमिएका छन्। अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि दुवैबीचको सम्बन्ध थप उत्कर्षमा पुग्ने अनुमान गरिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad