प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघीय संसदको बजेट अघिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
भेटवार्तामा बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा समेत छलफल भएको सल्लाहकार न्यौपानेले जानकारी दिए।
3
Shares

प्रतिक्रिया