राजनीति


मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बन्दै

मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बन्दै

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १५:५८, काठमाडौँ

महिला हिंसाविरुद्धको अभियानमा सक्रिय मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी प्रवेश गेकी छन्। त्यस्तै उनलाई उक्त पार्टीले केन्द्रीय सदस्य बनाउने घोषणा पनि गरेको छ।  
 
आज बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरे।  

खातुनमाथि १५ वर्षको उमेरमा तेजाब आक्रमण भएको थियो। त्यसपछि महिला सशक्तिकरणको पक्ष र‍ महिला हिंसाविरुद्ध आवाज उठाउन थालेकी थिइन्। यसै कारण सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पनि उनले प्राप्त गरिन्।  

कार्यक्रममा बोल्दै उनले भनिन्, 'पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो। त्यसविरुद्ध म लगातार अभियानमा लागेँ। सफल पनि भए। मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन। यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ।' खातुनले सबै खालका हिंसा गर्न अन्त्य गर्न जरुरी रहेको पनि बताइन्। 

देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्यका लागि काम गर्न नेपाली कम्युनिस्ट पार्टी रोजेको पनि उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad