आगामी राष्ट्रपतीय निर्वाचनमा आफूलाई हराउन चीनले जे पनि गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्।
‘यो चुनावमा मलाई हराउन चीनले सकेजति सबैथोक गर्नेछ,’ रोयटर्ससँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्।
अन्तर्वार्तामा ट्रम्पले कोरोना भाइरस महामारीलाई लिएर चीनको चर्को आलोचना गरे।
भाइरसबाट हालसम्म अमेरिकामा ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ। अमेरिकी सरकारले बेलैमा आवश्यक तयारी नगरी खेलाँची गर्दा धेरैको मृत्यु भएको आरोप लागिरहेका बेला ट्रम्पले चीनको थाप्लोमा दोष थोपर्दै आएका छन्।
उनले चीनलाई दण्डित गर्न ‘धेरै थोक’ गर्न सक्ने चेतावनी पनि दिए। एजेन्सी

प्रतिक्रिया