ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरिएको छ।
बुधबार प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी सुमना श्रेष्ठ, सुन्दरमणि दिक्षितलगायत सहभागी भएका छन्।
कार्यक्रममा सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, नेताहरू रिमा विश्वकर्मा, सीता पाण्डेलगातले सम्बोधन गरे।
चुनावको मुखमा मात्रै पार्टीमा क्रियाशील हुने भनिएका कुलमान त्यसअघि नै पार्टीमा आधिकारिक रूपमा खुल्न लागेका हुन्।
आजको घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ।
पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको उज्यालो नेपाल पार्टीले जनाएको छ।
जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन उसले आह्वान गरेको छ।













Shares

प्रतिक्रिया