राजनीति


प्रधानमन्त्रीसँग प्रगतिशील लोकतान्त्रिक पार्टीको आग्रहः १८ वर्षमै उम्मेदवार बन्ने व्यवस्था गरौँ

प्रधानमन्त्रीसँग प्रगतिशील लोकतान्त्रिक पार्टीको आग्रहः १८ वर्षमै उम्मेदवार बन्ने व्यवस्था गरौँ

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १६:२८, काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ। 

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो। 

सो निर्वाचनमा विदेशमा रहेका मतदाताहरुले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किरातीले बताए। त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ।

जेन–जीहरूले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका मागहरू पनि आफूहरूले सरकारसँग राखेको नेता किरातीले बताए।

उनले भने, ‘जेनजीहरूले उठाएका न्यायपूर्ण मागलाई पूरा गरियोस् भन्ने हाम्रो माग छ। भाद्र २४ गतेको प्रकृति र विशिष्ट परिस्थितिमा भएका घटनाहरुलाई निष्पक्ष र पूर्वाग्रहरहित तवरले छुट्टयाई अभियोजन गर्नैपर्ने घटनालाई मात्रै अभियोजन गर्ने र अन्य घटनालाई संक्रमणकालीन न्यायका आधारभूत सिद्धान्त अनुरुप सम्बोधन गरियोस् लगायतका हाम्रा माग छन्।’ 

उनले थपे, ‘फागुन २१ गतेको निर्वाचन सम्बन्धमा घोषित निर्वाचन निष्पक्ष, धाँधलीरहित शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति सरकारको तर्फबाट वातावरण बनाइयोस्। विदेशमा रहेका मतदाताहरुलाई पनि मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस्। १८ वर्षमा नै निर्वाचनमा उठन पाउने व्यवस्था गर्न पनि माग गरिएको छ।’

त्यसैगरी सो पार्टीले सहकारी ठगहरूलाई तत्काल कारबाही गर्न पनि प्रधानमन्त्री कार्कीलाई सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad