राजनीति


चीनको दबाबपछि ईयूले कोरोना रिपोर्ट सच्याएको हो?

चीनको दबाबपछि ईयूले कोरोना रिपोर्ट सच्याएको हो?

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार २:४२,

युरोपियन युनियन (ईयू) ले चीनको आलोचना गरेर तयार पारेको कोरोनासम्बन्धी रिपोर्ट सच्याएको छ।

सुरुमा ईयूले आफ्नो रिपोर्टमा चीनले सुरुमै सही जानकारी नदिएका कारण कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको भन्दै आलोचना गरेको थियो। तर पछि चीनको दबाबमा उसले यो रिपोर्ट सच्याएको बीबीसीले जनाएको छ।

युनियन (युरोपेली संघ) का विदेश नीति प्रमुख जोसेफ बरेलले भने चीनको दबाब रिपोर्ट सच्याएको कुरा अस्वीकार गरेका छन्।

ईयूको मूल रिपोर्ट ‘लिक’ भयो र कुनै पत्रिकाले छापेको थियो। तर पछि चीनको दबाबमा केही अंश परिवर्तन अर्थात् चीनको आलोचना कम गरिएको चर्चा छ।

न्युयोर्क टाइम्सका अनुसार चिनियाँ कूटनीतिज्ञको दबाबमा युरोपेली संघका अधिकारीरूले प्रतिवेदन दाेहाेर्‍याएर लेखेका हुन्। 

तर जोसेफ बुरेलले यो कुराको खण्डन गर्दै के भनेका छन् भने चिनियाँ अधिकारीबाट दबाब त आएको थियो तर हामीले परिवर्तन गरेनौं। उनले भनेका छन्, ‘हामी चीनको गलत कुराको आलोचना गर्न डराउँदैनौं र ती सबै कुरा रिपोर्टमा छन्।’

युरोपियन युनियनको रिपोर्टले चीनले जनतालाई गलत सूचना दिने काम गरिरहेको छ। युरोपेली संघ र यसका छिमेकी देशलाई पनि कोरोना संक्रमणबारे सही जानकारी दिएन।

प्रतिवेदनमा के दाबी गरिएको छ भने चीन यो गल्ती स्वीकार्न तयार छैन। अहिले चीनका आधिकारिक मिडियाले कोरोना उहानबाट सुरु भएको थियो भन्ने सबै रिपोर्ट धमाधम सच्यारहेका छन्।

ईयूको रिपोर्ट भन्छ– कोरोना संक्रमण फैलिनमा अमेरिकी सेना दोषी छ भन्ने कुरालाई चीनले बढावा दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad