राजनीति


ईश्वर पोखरेलले ओलीलाई बुझाएको ‘अवधारणा-पत्र’मा के छ?

ईश्वर पोखरेलले ओलीलाई बुझाएको ‘अवधारणा-पत्र’मा के छ?

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १५:५०, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेको नेता ईश्वर पोखरेलले आउँदो महाधिवेशमा पेस गर्नुपर्ने अवधारणा–पत्र पार्टीलाई बुझाएका छन्। 

आफ्नो समूहमा रहेका नेताहरुसहित सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेर उनले पत्र बुझाएका हुन्। पार्टी कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्‍याउन गएका उनले महासचिव शंकर पोखरेललाई भेटाएपछि उनैलाई हस्तान्तरण गरेका थिए। 

मंसिर २७-२९ गते हुने महाधिवेशनका पूर्वसन्ध्यामा प्रस्तुत उक्त दस्तावेजले हालको राजनीतिक अस्थिरता, संविधानमाथिको चुनौती, विश्व परिवेशको बदलिँदो समीकरण तथा नेपाली समाजमा देखिएका संरचनागत संकटबारे विस्तृत मूल्यांकन गरेको छ।

अवधारणा-पत्रको सुरुवातमा पोखरेलले कम्युनिष्ट आन्दोलनमा बलिदान हुने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जननिर्वाचित सरकार ‘जबर्जस्ती विस्थापित’ भएको भनी कडा टिप्पणी गरेका छन्। 

उनका अनुसार, ‘भदौ २४ का घटनापछि संविधानसम्मत ढंगले गठित सरकार जबर्जस्त हटाइयो, राजनीतिक रिक्तता सिर्जना भयो,’ भन्ने घटनाले महाधिवेशनलाई विशिष्ट परिस्थितिमा’ पुर्‍याएको छ।

पोखरेलले प्रस्तुत दस्तावेजमा विश्व राजनीति गम्भीर मोडमा रहेको उल्लेख गर्दै सन् १९९० पछिको उदारवादी विश्व व्यवस्थामाथि बहुआयामिक चुनौती देखिएको बताएका छन्।

उनका अनुसार नयाँ प्रविधि, एआई र डिजिटल पूँजीवादको विस्तारले ‘टेक्नो-फ्यूडलिज्म’ नामक पूँजीवादको नयाँ चरण जन्माइरहेको छ।

चीन, भारत र पूर्वी एशियामा आर्थिक शक्ति सर्ने क्रममा भू-राजनीतिक तनाव तीव्र भएको उल्लेख गर्दै उनले महासत्ता मुलुकबीचको प्रतिस्पर्धाले साना राष्ट्रहरू जोखिममा परेको चेतावनी दिएका छन्।

अवधारणा–पत्रको दोस्रो अध्यायमा नेपाली अर्थतन्त्रलाई ‘पराश्रित र दलाल पूँजीवाद’ को रूपमा परिभाषित गरिएको छ।

पोखरेलका अनुसार, ‘नेपाली अर्थतन्त्र केही घरानाका हातमा सीमित छ, उत्पादनमुखी औद्योगिकीकरण अवरुद्ध छ।’

गोंगबु, तीनकुने कोटेश्वर र भदौ २४ का घटनालाई उद्धृत गर्दै उनले नेपाली समाज ‘अराजकतातिर लम्किरहेको’ टिप्पणी गरेका छन्।


नेपाल विश्वका सबैभन्दा बढी जलवायु जोखिममा पर्ने देशमध्ये रहेको उल्लेख गर्दै पोखरेलले विगत तीन वर्षमा भएका मेलम्ची, मनाङ, मुस्ताङ, रसुवा, इलाम र मधेशका विपत्तिहरूलाई उदाहरणसहित उठाएका छन्।

अध्यक्ष केपी ओली नेतृत्वमा आयोजित ‘सगरमाथा संवाद’ लाई नेपालले जलवायु मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने सफल पहलको रूपमा उल्लेख गरिएको छ।

हेर्नुहोस पूर्णपाठ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad