राजनीति


वन तथा वातावरण मन्त्री चौलागाईंले सम्हाले पदभार

वन तथा वातावरण मन्त्री चौलागाईंले सम्हाले पदभार

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १७:३९, काठमाडौँ

नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं पदभार ग्रहण गरेका छन्। 

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री चौलागाईंले पदभार सम्हालेका हुन्।

मन्त्रालयमा उनलाई कर्मचारहरूले स्वागत गरेका छन्।

चौलागाईं कर्णाली विकासको क्षेत्रमा काम गर्दै आएका अनुसन्धानकर्ता हुन्। ग्रामीण विकासका कार्यक्रमहरूमा काम गरेका उनलाई कतिपयले एनजिओकर्मी पनि भनेर चिन्छन्।

कुनै बेला उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको हेल्थ फर लाइफ परियोजनामा आबद्ध थिए।

जनसंख्या, संस्कृति, पर्यटन, स्वास्थ्य र दुर्गम क्षेत्रको विकासमा अनुसन्धानकर्ता उनका कर्णालीको विकाससम्बन्धी लेख तथा पुस्तक प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad