राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएको विवेकशील साझाका नेताहरू आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका छन्।
रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार विवेकशीलबाट आएका मुख्य नेताहरू समानुपातिकमा बसेको देखिएको छ।
जसमा विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र महासचिव रञ्जु दर्शना लगायतका छन्।
बास्कोटा र दर्शना दुवैले बागमती प्रदेशबाट खस आर्य क्लष्टरमा नाम दर्ता गराए हुन्। त्यस्तै परियारले कोसी प्रदेशबाट दलित कलस्टर अन्तर्गत समानुपातिक सूचीमा नाम दर्ता गराएका छन्। रास्वपाले अब प्रारम्भिक सूचीबाट समानुपातिकका लागि ११० जना उम्मेदवार छनोट गर्ने छ।
Shares

प्रतिक्रिया