राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रमका लागि नेता तथा कार्यकर्ता विभिन्न ठाउँबाट र्यालीसहित चितवनको चौविसकोटीमा पुग्न लागेका छन्।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम हिनामिना मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने शुक्रबार छुटेका थिए। धरौटी र विगो बराबरको रकम बुझाएर छुटेसँगै उनले आज चितवनको चौविसकोटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसका लागि चितवनका विभिन्न स्थानबाट नेता तथा कार्यकर्तासँगै शुभेच्छुकहरू चौविसकोटी तर्फ आइरहेका छन्। विभिन्न ठाउँबाट र्यालीसहित आउने क्रम जारी रहेको रास्वपाका नेताहरूले बताएका छन्।
चितवनबाट काठमाडौँ फर्किनअघि लामिछानेले छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
54
Shares

प्रतिक्रिया