राजनीति


कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय पुस ९ मध्याह्नसम्म

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय पुस ९ मध्याह्नसम्म

नेपालखबर
पुस ८, २०८२ मंगलबार १२:४०, काठमाडौँ

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय पुस ९ गते मध्याह्नसम्म थपेको छ। 

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता नवीकरणको समय थपेको हो। तोकिएको समयमा काम नसकिएकाले म्याद थप गरिएको समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए। 

उनका अनुसार, पुस ९ गते मध्याह्न १२ बजेसम्म आएक फारम स्वीकृत गरिनेछ। त्यसपछि क्रियाशील सदस्यता विरतण सिस्टम लक हुने उनले बताए। 

कांग्रेसले १५औँ महाधिवेशनका लागि मंसिर मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकिएको थियो। तोकिएको समयमा काम नसकिएपछि पुस ९ सम्म बढाइएको हो। 

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad