राजनीति


राष्ट्रिय सभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

राष्ट्रिय सभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

नेपालखबर
पुस ९, २०८२ बुधबार १२:५, काठमाडौँ

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ भने निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। कोशी प्रदेशमा भीमराज प्रसाई, मधेसमा शुभनाथ पुरी, बागतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ। 

राष्ट्रिय सभाका १९ सदस्यका लागि आगामी फागुन २० गतेदेखि निर्वाचन हुँदै छ। 

निर्वाचन कार्यक्रमअनुसार यही पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन गरिने भएको छ। त्यसपछि नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। त्यस्तै, पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ। 

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। सम्बन्धित मतदान केन्द्रमा बिहान ९० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad