राजनीति


दुई राप्रपाबीच एकता गर्ने २ लाइनको सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो

दुई राप्रपाबीच एकता गर्ने २ लाइनको सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो

नेपालखबर
पुस ९, २०८२ बुधबार १९:१७, काठमाडौँ

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।

एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका हुन्। एकतापछि लिङ्देन नै अध्यक्ष बन्ने छन् भने थापालाई पूर्वअध्यक्षको हैसियत दिइने छ।

सम्झौतामा हस्ताक्षर गरेपछि दुवैले एकअर्कासँग अंगालो मारेका थिए।

एकता घोषणा भने पुस १६ गते राष्ट्रियसभा गृहमा हुने छ। 

२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए। 

त्यसअघि मंसिरमा भएको महाधिवेशनमा उनी अध्यक्षमा लिङ्देनसँग पराजित भएका थिए। 

निर्मल निवास (पूर्वराजा)को हस्तक्षेपका कारण आफू अध्यक्षमा पराजित हुनुपरेको भन्दै त्यसको छानबिन गर्नुपर्ने माग राखेका थिए। 

तर, लिङ्देन त्यसमा तयार नभएपछि थापाले पार्टीबाट अलग भएको घोषणा गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad