श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री सुुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन्। यस क्रममा श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो।
शुक्रबार नै पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री नियुक्त गरिएको छ। शर्माको नियुक्तिसँगै मन्त्रिपरिषद्को कार्यविभाजनमा केही हेरफेर गरिएको हो।
नयाँ कार्यविभाननसँगै प्रधानमन्त्री कार्कीसँग रक्षा मन्त्रालय मात्रै बाँकी रहेको छ। अन्य मन्त्रालयमा मन्त्रपरिषद्का बाँकी सदस्यको जिम्मा लगाएकी छन्।

93
Shares

प्रतिक्रिया