राजनीति


संसद् पुनर्स्थापना अहिले हुँदैन : प्रचण्ड

संसद् पुनर्स्थापना अहिले हुँदैन : प्रचण्ड

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १८:२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। 

नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अब नेपाली कांग्रेस र नेकपा (एमाले) पनि चुनावतिरै जाने जिकिर गरे। कांग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनका लागि रिट हालेको भए पनि अब चुनावतिरै लाग्ने बताउँदै उनले भने, ‘निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ, आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्।’

अब चुनावको विकल्प नभएको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईं सबै र जनतालाई नै भन्न चाहन्छु– कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो।’

निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको भनाइ थियो। ‘निर्वाचन नभए थप अन्योल हुन्छ। थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ। अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ’, उनले भने। 

उनले नेता तथा कार्यकर्तालाई एकजुट भएर निर्वाचनमा लाग्न पनि निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad