राजनीति


शीतल निवासमा राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच १ घण्टा वार्ता

शीतल निवासमा राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच १ घण्टा वार्ता

नेपालखबर
पुस १२, २०८२ शनिबार १२:२, काठमाडौँ

आज (शनिबार) बिहान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

स्रोतका अनुसार आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको हो। 

उनीहरूबीच आज बिहान १०:४५ देखि ११:३५ बजेसम्म भेटवार्ता भएको हो। 

‘भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दललाई मिलाएर निर्वाचन गराउनेजस्ता समसामियक विषयमा छलफल भएको थियो’, स्रोतले नेपालखबरसँग भन्यो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad