राजनीति


सकियो सभामुख र उपसभामुखको कार्यकाल

सकियो सभामुख र उपसभामुखको कार्यकाल

नेपालखबर
पुस १३, २०८२ आइतबार १६:१, काठमाडौँ

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ। 

फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आज निर्वाचन आयोगमा बुझाएसँगै उनीहरुको कार्यकाल सकिएको हो। 

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने समय आज र भोलि तय गरेको छ। 

संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख  छ। 

त्यस अनुसार उनीहरुका लागि हिजोसम्म मात्रै उनीहरू पदमा कायम थिए। 

घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए। त्यस्तै माघ ७ गते राना उपसभामुखमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad