राजनीति


राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

तस्बिर : सरोज शाही


नेपालखबर
पुस १६, २०८२ बुधबार १४:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) एकता घोषणा भएको छ।

बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे।

यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरे। २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए।

चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ।

 

प्रमुख सैद्धान्तिक र वैधानिक आधारहरू

सहमति अनुसार एकीकृत पार्टीको वैचारिक दर्शन राप्रपाको २०७८ सालको एकता महाधिवेशनबाट पारित 'सम्बर्धनवाद' हुनेछ। पार्टीले देहायका सिद्धान्तहरूलाई मार्गदर्शनका रूपमा लिनेछ।

सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य (पूर्ण धार्मिक स्वतन्त्रतासहित)।

राजसंस्था सहितको लोकतन्त्र।

सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्र।

असंलग्न परराष्ट्र नीति।

नेतृत्व र संगठन व्यवस्थापन
एकता पश्चात् पार्टीको नेतृत्व र संरचनामा निम्न व्यवस्था गरिएको छः

अध्यक्षस् एकीकृत पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन हुने छन्।

चुनाव चिन्ह र झण्डाः पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’, चुनाव चिन्ह ‘हलो’ र झण्डा साविककै कायम रहनेछ।

विधानः राप्रपाको एकता महाधिवेशनबाट पारित विधानलाई नै एकीकृत पार्टीको विधान मानिनेछ।

पद समायोजनः २०७८ को महाधिवेशनबाट निर्वाचित भई हाल राप्रपा नेपालमा रहेका सदस्यहरूलाई उनीहरूकै साविकको पदमा पुनस्र्थापित गरिनेछ। राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमिति र भातृ संगठनहरूमा सम्मानजनक स्थान दिइने आधार पत्रमा उल्लेख छ।

तल्लो तहको समायोजन
जिल्ला, नगर, गाउँ र वडा तहका समितिहरूलाई पनि २०७८ को महाधिवेशनकै अवस्थालाई आधार मानेर सम्मानजनक ढंगले समायोजन गर्दै लैजाने सहमति भएको छ।



 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad