राजनीति


कति सिट जित्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : राजेन्द्र लिङदेन

कति सिट जित्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : राजेन्द्र लिङदेन

नेपालखबर
पुस १६, २०८२ बुधबार १६:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नयाँ भन्नेहरू सिद्धान्त र विचारले नयाँ नभएको जिकिर गर्दै प्रधानमन्त्रीको दलालीमा लागेको टिप्पणी गरेका छन्। 

राप्रपा र राप्रपा नेपालबीच बुधबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नयाँ पार्टीहरू एकाएक जोडिनुलाई शंकाका रुपमा लिएको जनाएका छन्। ‘नयाँ भन्ने पार्टीहरू कसरी जोडिए? अघिल्लो दिन एकले अर्कोलाई के भनेर गाली गरिरहेका थिए, रातारात जोडिए। कसले जोड्यो?,’ अध्यक्ष लिङदेनले भने, ‘जोडिएर के गर्ने भन्ने केही थाहा छैन। कति जित्ने भन्ने थाहा छैन। प्रधानमन्त्रीका दलाली पार्टीभित्र सुरु भइसक्यो।’

नयाँ पार्टीहरू विचारविहीन भएको उनको भनाइ थियो। ‘सिद्धान्त के हो, विचार के हो, स्पष्ट छैन,’ उनले भने। 

जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) पनि कमजोर भएको उनले जिकिर गरे। माओवादी त आफ्नो नामै फेरेर गएको उल्लेख गर्दै लिङदेनले भने, ‘हाम्रो एजेन्डाका लागि यो उर्वर समय हो।’

यस्तो अवस्थामा आउँदो प्रतिनिधि सभाको चुनावलाई आन्दोनलका रुपमा लिन अध्यक्ष लिङदेनले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे। 

‘फागुन २१ को चुनाव समस्याको समाधान होइन। जेनजी विद्रोह २०८४ सालको चुनाव २०८२ मा गर्नका लागि भएको होइन। राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सबैको सर्वपक्षीय सहमतिबाट चुनाव गर्नुपर्छ। तर, जबजस्ती गरेर मुलुक चुनावतिर गएको छ,’ उनले भने, ‘चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेछ। चुनावलाई आन्दोलनका रुपमा प्रयोग गर्न, आफ्नो क्षेत्रमा खटिन आग्रह गर्दछु।’

नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे। राप्रपा र राप्रपा नेपाल मिलेर ठूलो पार्टी बनेको जिकिर गर्दै विगतका तितामिठा कुरा बिर्सेर अघि बढ्नुपर्नेमा जोड दिए। 

यी पनि पढ्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad