राजनीति


झापा-५ बाट ओलीको एकल नाम सिफारिस

झापा-५ बाट ओलीको एकल नाम सिफारिस

सुमन सुस्केरा
पुस १९, २०८२ शनिबार २०:९, ​विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारको लागि पार्टीले सर्वसम्मत सिफारिस गरेको छ। 

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज बसेको बैठकले अध्यक्ष ओलीको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

​एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार, बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ओलीको मात्र नाम सिफारिस गरेको छ। अध्यक्ष ओली यसअघि वि.सं. २०७४ र २०७९ मा सम्पन्न दुवै आम निर्वाचनमा सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए। 

आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनमत र पार्टीभित्र निर्विकल्प नेतृत्वका रूपमा रहेकाले यसपटक पनि उनको नाममा सर्वसम्मत निर्णय भएको उनले बताए।

झापामा रहेका कुल ५ वटा निर्वाचन क्षेत्रमध्ये अन्य क्षेत्रहरूमा पनि उम्मेदवारको नाम टुङ्गो लगाउन र सिफारिस गर्न आजैका लागि बैठकहरू आयोजना गरिएका छन्। 

निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले जिल्लाभर उम्मेदवार छनोटको प्रक्रियालाई तीव्रता दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad