राजनीति


सरकारको तटस्थता र पारदर्शितामाथि कांग्रेस नेता महरले उठाए प्रश्न

सरकारको तटस्थता र पारदर्शितामाथि कांग्रेस नेता महरले उठाए प्रश्न

नेपालखबर
पुस २३, २०८२ बुधबार १७:१२, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारको तटस्थता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरले निष्पक्ष निर्वाचनको वातावरण र सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गरे। लोकतन्त्रमा निष्पक्ष निर्वाचनका लागि सरकारको भूमिका तटस्थ हुनुपर्ने उनको भनाइ छ। 

महरले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको राजनीतिक दलसँगको आबद्धता नलुकेको भन्दै मन्त्रीहरू विभिन्न विवाद र काण्डमा मुछिएको महरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

‘सरकारका केही मन्त्रीहरू काण्डहरूमा संलग्न भएको समाचार पनि पढ्न पाएकै छौँ। अनि सरकारका प्रधानमन्त्रीले यो सरकारलाई कसरी पारदर्शी नागरिक सरकार भन्नुहुन्छ ?,’ उनको प्रश्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad