राजनीति


संसद बैठक सञ्चालनबारे कार्यव्यवस्था समितिको पाँच बुँदे सुझाव

संसद बैठक सञ्चालनबारे कार्यव्यवस्था समितिको पाँच बुँदे सुझाव

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १५:९,

संसदको कार्यव्यवस्था परामर्श समितिले संसद बैठक सञ्चालनका लागि पाँच बुँदे सुझाव दिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पाँच बुँदे सुझाव दिएको हो।

समितिले दिएका सुझावहरुमा १) संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईज गर्ने, २) विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने र ३) संघीय संसदका सबै माननीय सदस्यहरु र कर्मचारीहरुको क्रमशः ‘पीसीआर’ विधिबाट कोरोना परिक्षण गर्ने, ४)संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्व तयारी गर्ने र ५) संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने रहेका छन्।

संसदको बर्षे अधिवेशन यही वैशाख २६ गतेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad