नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अहिलेसम्मका सबै चर्चित भ्रष्टाचार काण्ड छानबिन गर्नुपर्ने बताएका छन्।
आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले त्यसका लागि विशेष महाधिवेशनबाटै निर्णय गर्नुपर्ने बताए। ‘अहिलेसम्मका सबै चर्चित भ्रष्टाचार काण्ड छानबिन गरौँ। त्यसका लागि पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ,’ केसीले भने, ‘विशेष महाधिवेशनबाटै निर्णय गर्नुपर्छ। त्यहीबाट नयाँ कांग्रेस बन्छ।’
भ्रष्टाचारकै कारण राजनीतिक दल बदनाम भएको उनको भनाइ थियो। त्यसका लागि हजार र पाँच सयका नोट बन्द गर्नुपर्नेमा जोड दिए।
72
Shares

प्रतिक्रिया