नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। अहिलेसम्म दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
सभापतिमा यसअघि नै गगन थापाले उम्मेदवारी दिएका थिए। सभापतिमा थापाको एकल उम्मेदवारी परेको हो।
183
Shares

प्रतिक्रिया