राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डा. स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल र सोविता गौतमको निर्वाचन क्षेत्र टुंगो लगाएको छ।
वाग्लेलाई रास्वपाले तनहुँ- १ बाट उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघिको निर्वाचनमा पनि वाग्ले सोही क्षेत्रबाट विजयी भएका थिए।
शनिबार बसेको उम्मेदवार छनोट सिफारिस समितिको बैठकले रास्वपाका केही उम्मेदवार टुंगिएका हुन्।
नेता खनाललाई काठमाडौँ- ६ बाट उम्मेदवार बनाउने निर्णय समितिले गरेको छ। यसअघिको निर्वाचनमा खनाल सोही क्षेत्रबाट विजयी भएका थिए।
सोविता गौतम भने चितवन- ३ बाट उम्मेदवार बन्ने रास्वपाका नेताहरुले बताएका छन्। ०७९ को निर्वाचनमा गौतम काठमाडौँ- २ बाट विजयी भएकी थिइन्।
1.9k
Shares

प्रतिक्रिया