राजनीति


पूर्वमन्त्री खड्कालाई रोक्दै नेकपाले दियो कञ्चनपुर २ मा पन्तलाई टिकट

पूर्वमन्त्री खड्कालाई रोक्दै नेकपाले दियो कञ्चनपुर २ मा पन्तलाई टिकट

नेपालखबर
माघ ५, २०८२ सोमबार ९:५४, कञ्चनपुर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ। 

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले कञ्चनपुर–२ मा युवा नेता माधव पन्तलाई टिकट दिएको हो।

यसअघि नेकपाले कञ्चनपुर २ मा सुदूरपश्चिमका पूर्वमन्त्री लालबहादुर खड्कालाई उम्मेदवार अघि सारेको थियो।

साविकको नेकपा एकीकृत समाजवादीको भागमा गरेको कञ्चनपुर २ मा खड्कालाई रोक्दै नेकपाले पन्तलाई टिकट दिएर पठाएको हो। 

नेकपाले कञ्चनपुर १ मा पूर्वमन्त्री बिना मगर र कञ्चनपुर ३ मा मानबहादुर सुनारलाई चुनावी मैदानमा उतारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad