नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बर्दिया-१ को उम्मेदवार बिष्णुप्रसाद चौधरीलाई बनाएको छ।
यसअघि यो क्षेत्रमा नेकपाका नेता बामदेव गौतमको चर्चा थियो। तर, सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई टिकट थमाएका हुन्।
यद्यपि, गौतमले भने यसमा असन्तुष्टि जनाएका छन्। ‘म उठ्दिन भनेपछि सकियो,’ गौतमले नेपालखबरसँग भने, ‘(उठदिनँ) भन्ने वातावरण बनाइयो।’
गौतम यसअघि २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए। त्यसपछि उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए।
चुनावमा उठ्ने भन्दै उनले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए। यद्यपि, उनको पदावधि माघ १० गतेदेखि सकिँदै थियो।
माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ।
123
Shares

प्रतिक्रिया