राजनीति


गजुरी आक्रमणका ती कमान्डर, जसले सेनामा जागिर खाएनन्, अहिले कास्की–२ मा ‘घण्टी’ र ‘सूर्य’ लाई चुनौती दिँदै!

गजुरी आक्रमणका ती कमान्डर, जसले सेनामा जागिर खाएनन्, अहिले कास्की–२ मा ‘घण्टी’ र ‘सूर्य’ लाई चुनौती दिँदै!

किरण थापा ‘आमोद’। तस्विर: वासुदेव मिश्र


नेपालखबर
माघ ६, २०८२ मंगलबार १२:४४, काठमाडौँ

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट किरण थापा ‘आमोद’ ले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार पोखरास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।

उम्मेदवार थापा तत्कालीन माओवादी जनयुद्धका चर्चित सैन्य कमान्डर हुन्। धादिङको गजुरीस्थित प्रहरी पोस्टमा भएको ठूलो आक्रमणको नेतृत्व गरेपछि उनी चर्चामा आएका थिए। शान्ति प्रक्रियापछि तत्कालीन माओवादी सेनाको समायोजन प्रक्रियामा सहभागी नभई उनले राजनीति रोजेका थिए।

सैन्य जीवन छाडेपछि लामो समय डा.बाबुराम भट्टराईको निकट रहेर काम गरेका थापा वैचारिक र संगठनात्मक रूपमा दख्खल राख्ने नेता मानिन्छन्।

नयाँ शक्ति पार्टीदेखि नै भट्टराईलाई साथ दिँदै आएका उनी पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध भएका हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले व्यवस्था परिवर्तनको लडाइँ जिते पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेकाले आफू चुनावी मैदानमा उत्रिएको बताए। 'विगतमा बन्दुक समातेका हातहरूले अब नीति निर्माणमा योगदान दिनेछन्,' उनले भने।

कास्की–२ मा थापाको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिता पालना गर्न कडाइ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad