नेपाली कांग्रेसले आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।
कांग्रेसका सभापति गगन थापाले १५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका छन्। उम्मेदवारको प्राप्त सूचीअनुसार अझै ९ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन बाँकी देखिएको छ।
सभापति थापाले शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर उम्मेदवारको टुंगो लगाएका छन्। प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली–४ बाट बहिस्कार गरेपछि कांग्रेसले कैलाली–४ मा अझै उम्मेदवार खडा गर्न सकेको छैन।
यस्तै कांग्रेसले मुस्ताङका लागि पनि उम्मेदवार छनोट गर्न सकेको छैन।मुस्ताङका सभापति रोमी गौचन थकालीले दुई दिनअघि नै टिकट पाएका भए पनि अहिलेसम्म उम्मेदवारको सूचीमा टिकट लिनेको नाम उल्लेख छैन।
यस्तै काठमाडौंका निर्वाचन क्षेत्रहरू १, २, ३ र ७ मा पनि उम्मेदवार तय हुन सकेको छैन। कांग्रेसले भक्तपुर-१, चितवन-१ र पर्सा २ मा पनि उम्मेदवार तय गर्न बाँकी छ।
कांग्रेस उम्मेदवारको सूची :





Shares

प्रतिक्रिया