राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा नेपालगन्ज पुगेका छन्।
पश्चिम तराईका विभिन्न कार्यक्रम सहभागी हुन उनी सोमबार अपराह्न नेपालगन्ज पुगेका हुन्। उनलाई स्वागत गर्न नेपालगन्ज विमानस्थलमा नेता तथा कार्यकर्ताको भिड लागेको थियो।

आज नेपालगन्जबाट बर्दियातिर लागेका छन्। उनलाई हेर्न नेपालगन्जमा सर्वसाधारणको घुँइचो लागेको थियो।
बर्दिया-१ का रास्वपा उम्मेदवार ठाकुरसिंह थारूको चुनावी प्रचारका लागि नेपालगन्जबाट बर्दिया जान लागेका हुन्। बर्दिया विभिन्न गाउँमा भेटघाट कार्यक्रम रहेको थारूले बताए।
उनी नागरिक उन्मुक्ति पार्टी छोडेर रास्वपाका उम्मेदवार बनेका हुन्।

90
Shares

प्रतिक्रिया