राजनीति


सुदूरपश्चिममा चुनावी भेटघाटमा व्यस्त बालेन

सुदूरपश्चिममा चुनावी भेटघाटमा व्यस्त बालेन

नेपालखबर
माघ १३, २०८२ मंगलबार १५:१२, काठमाडौँ

प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारका लागि सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भेटघाटमा व्यस्त रहेका छन्। 

बालेनले मंगलबार अपराह्न कञ्चनपुर क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार दिपक बोहरासँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनीहरूलाई चुनावी प्रसारप्रसारमा तिव्रता दिन सुझावसल्लाह दिएका छन्। 

यसअघि उनी कञ्चनपुर क्षेत्र नं. १ पुगेका थिए। रास्वपा क्षेत्र नं. १ का उम्मेदवार जनकसिंह धामीसँगै कार्यकर्तासँग भेटघाट गरेका थिए। 

मंगलबार बिहान बर्दियाबाट सुदूरपश्चिम प्रवेश गरेका उनले कैलाली जिल्लाका पनि पाँचै क्षेत्रमा भेटघाट गरेका थिए। पाँचै क्षेत्रका उम्मेदवारसँग छुट्टाछुट्टै भटघाट गर्दै चुनावी रणनीतिबारे जानकारी दिएको उनको सचिवालयले जनाएको छ। 

आजै उनी कञ्चनपुर क्षेत्र नं. ३ का कार्यक्रममा सहभागी हुने भएका छन्। त्यसका क्रममा उनले महेन्द्रनगरमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने बालेनको सचिवालयले जनाएको छ। 

सुदूरपश्चिममा उनलाई ठाउँठाउँमा स्वागत गरिएको छ। उनको स्वागतमा रास्वपाका नेता तथा कार्यकर्तासँगै सर्वसाधारण पनि उपस्थित रहेका थिए। उनलाई हेर्न ठाउँठाउँमा सर्वसाधारणको घुइँचो लागेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad