राजनीति


संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने

संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने

नेपालखबर
माघ १४, २०८२ बुधबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान सांसदको टोली संसद् पुनर्स्थापना सम्बन्धी रिटमा चुनावअघि फैसलाको माग गर्दै बिहीबार सर्वोच्च अदालत जाने भएको छ। 

जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। त्यससँगै सरकारको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचन तोकिएको थियो। 

त्यसका विरुद्ध गत मंसिर २३ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत रिट दायर गरेका थिए। अहिलेसम्म त्यसको सुनुवाई नभएपछि डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जान लागेको घिमिरेले बताए। 

‘प्रतिनिधि सभाको चुनाव नजिकिएको छ। अहिलेसम्म अन्तिम सुनुवाईको टुंगो लागेको छैन,’ घिमिरेले नेपालखबरसँग भने, ‘हाम्रो पक्ष वा विपक्षमा फैसला भए पनि चुनाव अघि रिटको टुंगो लगाउनुपर्छ।’

संविधानको ब्याख्या गर्ने सर्वोच्च अदालतको पनि दायित्व भएको उनको भनाइ छ। त्यसबारे ध्यानकर्षण गर्न रिट दायर गरेका सबै निवर्तमान सांसदलाई डेलिगेसनका लागि बोलाएको घिमिरेले जानकारी दिए। बिहीबार बिहान ११ बजे सर्वोच्च अदालत जाने उनले बताए। 

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट पेश गर्नुहुने नेपाली कांग्रेसका माननीय सदस्यहरुको डिलेकेशन टोली भोली मिति २०८२ माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जानु हुने कार्यक्रम रहेको छ ।

कांग्रेसका निवर्तमान सांसदको टोलीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई भेटेर ध्यानाकर्षण गराउने उनले बताए। प्रधानन्यायाधीश राउतसँग बिहीबार भेटका लागि समय मागी सकेको उनको भनाइ छ। 

संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) र कानुन व्यवसायीले पनि रिट दायर गरेका थिए। सबै रिट एकै ठाउँमा राखेर सर्वोच्चले गत पुस २ मा प्रारम्भिक सुनुवाइ गरी विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो। सर्वोच्चले यस मुद्दामा माघ २० गते साधारण तारेख तोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad