राजनीति


चूडामणि शर्माविरुद्धको मुद्दामा विशेषज्ञ झिकाउने आदेश

चूडामणि शर्माविरुद्धको मुद्दामा विशेषज्ञ झिकाउने आदेश

नेपालखबर
माघ १८, २०८२ आइतबार १५:१६, काठमाडौँ

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासहित तीन जना विरुद्धको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले विशेषज्ञ झिकाउने आदेश दिएको छ। 

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले विशेषज्ञ झिकाउने आदेश दिएको हो। आदेशमा महालेखा परीक्षकको कार्यालय, आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विशेषज्ञ झिकाउन भनिएको छ। 

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालले १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad