नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ऐतिहासिक अवसरहरू पटकपटक गुमाएको टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमा बास्कोटाले अब प्रचण्डको लागि चुनाव रोक्नु वा अन्तिमपल्ट आफ्ना दुईचार जनाको लागि भए पनि आकस्मिक वाम अंकमाल मात्र विकल्प रहेको दाबी गरेका छन्।
प्रचण्डले आइतबार भिडिओ सन्देश जारी गर्दै आफू पुराना नेताहरूको भिडमा रहे पनि सत्ताको लोभमा नरहेको बताएका थिए।
प्रचण्डको उक्त अभिव्यक्तिको विरोध गर्दै बास्कोटाले प्रचण्डप्रति कटाक्ष गरेका हुन्।
‘समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरु पटक पटक गुमाएपछि पश्चातापको समय मात्र रहन्छ,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड प्रचण्डको पछिल्लो भावुक याचना त्यै हो। अब लास्ट विकल्प चुनाव रोक्नु वा अन्तिमपल्ट आफ्नै दुईचारका लागि मात्र भए पनि आकस्मिक वाम अंकमाल प्रयत्न।’


प्रतिक्रिया