जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन १ मा घोषणापत्र ल्याउने भएको छ।
जसपा नेपालले चुनावी घोषणापत्र तयार भएको जनाएको छ। शुक्रबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही सार्वजनिक गर्ने तयारीमा छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय मुक्ति पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
57
Shares

प्रतिक्रिया