भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार छाती दुख्ने समस्या भएपछि उनलाई दिल्लीस्थित एम्समा अस्पतालमा भर्ना गरिएको हो।
कांग्रेस प्रवक्ता जयवीर शेरगिलले पनि नेता सिंह अस्पताल भर्ना भएको पुष्टि गरेका छन्।
प्रवक्ता शेरगिलले ट्वीटमामार्फत मनमोहन सिंहलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
Praying for good health & speedy recovery of Dr Manmohan Singh who has just been admitted to AIIMS with complaints of chest pain
— Jaiveer Shergill (@JaiveerShergill) May 10, 2020यसैगरी भारतीय कांग्रेस पार्टीको आधिकारिक ट्विटर ह्यान्डलले पनि पूर्वप्रधानमन्त्रीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
— Congress (@INCIndia) May 10, 2020We pray for the speedy recovery of Former PM Dr. Manmohan Singhji.
मनमोहन सिंह सनु २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री भएका थिए।
Shares

प्रतिक्रिया