राजनीति


निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन कुनै कसर बाँकी राखिन्न: प्रधानमन्त्री कार्की

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन कुनै कसर बाँकी राखिन्न: प्रधानमन्त्री कार्की

नेपालखबर
फागुन १२, २०८२ मंगलबार २१:४८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्।

आज बालुवाटारमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थाबारे विस्तृत छलफल तथा समीक्षाका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी राख्दैन। सम्पूर्ण नागरिकमा ढुक्क र निर्भयसाथ आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु’ उनले भनिन्। 

प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थामा कुनै आशंका नगर्न पपनि आग्रह गरेकी छन्।

‘सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन’ उनले भनिन्, ‘सम्भावित चुनौती र जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता, कडा निगरानी तथा प्रभावकारी समन्वयका साथ सबै संयन्त्र परिचालित छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad