काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२ प्रतिशत मत खसेको छ।
जिल्लाको कुल मतदातामध्ये एक लाख ९७ हजार ३४१ मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुल मतदाता तीन लाख २६ हजार ६११ मध्ये एक लाख चार हजार ५१२ पुरुष र ९२ हजार ८२९ महिलाको मत खसेको हो । एक लाख २९ हजार २७० मतदाता मतदानमा सहभागी नभएको कार्यालयको तथ्याङ्कले देखाएको जनाइएको छ ।
यसैबीच, मतदानस्थलबाट आइपुगेका मतपेटिका रुजु गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत पे्रमप्रसाद न्यौपानेले बताए।
उनका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ को महाभारत, खानीखोला, तेमाल र चौँरीदेउरालीको मतपेटिका ल्याइँदै गरिएको छ भने प्रतिनिधि क्षेत्र नं २ को भुम्लु र बेथानचोक गाउँपालिकाको मतपेटिका ल्याउने काम भइरहेको छ । दुवै क्षेत्रका सम्पूर्ण मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेपछि आजैदेखि मतगणना सुरु गरिने न्यौपानेले बताए । उनका अनुसार जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
Shares

प्रतिक्रिया