सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ४७१ मतले पछि परेका छन्।
भर्खरै प्राप्त मत परिणामअनुसार यहाँ रास्वपाका अमरेशकुमार सिंहले १२ सय ३९ मत ल्याउँदा थापाले ७६८ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा जनमतका राकेश मिश्राले २५०, एमालेका अमनिश कुमार यादवले १९९, नेकपाका डा.रजनिश रायले १८, जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन्।
अहिले बलरा नगरपालिका वडा नम्बर ३, ५, ६, ७, १० र ११ नम्बर वडाको मतगणना जारी छ।
गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
1.5k
Shares

प्रतिक्रिया